राप्रपाद्वारा आयोजित पृथ्वी जयन्ति समारोहमा प्रधानमन्त्री कार्की सहभागी

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी  भएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका हुन् । 

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी भएका छन् । 

राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पौष २७  गते उनको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ । 

सो पार्टीले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यक्ता रहेको जिकिर गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?