काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनको औपचारिक उद्घाटनका लागि महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको हो । पार्टीलाई सुदृढ, संगठित र जीवन्त बनाउने उद्देश्यसहित आयोजना गरिएको विशेष महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा देशका विभिन्न स्थानबाट आएका कार्यकर्ता तथा प्रतिनिधिहरू बाजागाजासहित जुलुस निकाल्दै सहभागी हुने क्रम जारी छ। जुलुस, नाराबाजी र सांस्कृतिक प्रस्तुतिका कारण महाधिवेशन स्थलमा उत्साहपूर्ण र उल्लासमय माहोल देखिएको छ ।
महाधिवेशनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको भावी दिशा, संगठन सुदृढीकरण तथा आवश्यक नीतिगत निर्णयहरूबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया