राप्रपाको चियापान कार्यक्रम सुरु

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ । 

राप्रपाले हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना गर्दै आएको छ । 

यस वर्ष पनि काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ । 

कार्यक्रममा प्रधानमन्त्रीको सहभागितालगायत प्रमुख नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि विभिन्न नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा गरेका थिए  । 

पृथ्वीनारायण शाहको ३०४औँ जयन्तीका रूपमा मनाइएको यो दिवसमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । राप्रपाको चियापान समारोहले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?