राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

कार्यक्रम स्थलमा पुगेका राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी प्रदान गरेको थियो । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।

हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माताको योगदान स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिन्छ । यस वर्ष पनि देशभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?