काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न भएको छ । आइतबारदेखि सुरु हुन लागेको कांग्रेस विशेष महाधिवेशनको उद्घाटन शत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापनको काम पनि सकिएको छ ।
भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन सत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्थापन गरिने बताए ।
खुला चौरमा भने ६ हजार भन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको पुडासैनीको भनाइ छ । मञ्च वरिपरि कांग्रेसको झण्डा,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ ।
महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ । उद्घाटन दिउँसो १ बजेदेखि सुरु हुनेछ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया