काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठुलो पदको दाबी नगरेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । घिसिङले अन्तिम समयसम्म आफूले पार्टीको साधारण सदस्य बन्ने विकल्प राखेको बताए ।
‘हामीले पदको बार्गेनिङ गर्यौँ भन्ने कुरा आएको छ, त्यो गलत हो। म आफैँ एउटा उपाध्यक्ष, त्यो पनि वरीयतामा तल रहेर सहेर आएको थिएँ,’ उनले भने। ‘अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ म रास्वपाको साधारण सदस्य भएर बस्छु र केन्द्रीय समितिका साथीहरूलाई एड्जस्टमेन्ट गर्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया