बाह्य चलखेलको जोखिम बढ्यो : अध्यक्ष ओली

लोकपथ
140
Shares

 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक चुनौती र लोकतन्त्र संकटको समाधानका लागि लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन् ।

शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हुन् ।

अध्यक्ष ओलीले भने, ‘मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइसकेका छैनन् । लोकतन्त्र संकटमा छ । संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै त्रस्त छ। राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ ।’

उनले युवामा निराशा र अन्यौल फैलिएको, समाजमा भ्रम र द्विविधा रहेको उल्लेख गर्दै भने, ‘यसलाई सम्बोधन गर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरू बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ । हामी त्यसका लागि प्रयास गरिरहेका छौँ ।’

अध्यक्ष ओलीले पार्टी निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने र आवश्यकता अनुसार विभिन्न मुद्दामा लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्न तत्पर रहेको बताए । उनले यसका लागि उपयुक्त पक्षहरूलाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?