काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सबै नेपालीले कर्तव्यबोधका साथ अघि बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन सक्दैन। सबै नेपालीले कर्तव्यबोधका साथ अघि बढ्नुपर्छ ।’
पूर्वराजा शाहले भाषण र जादुले देश नबनेको र बन्न नसक्ने बताए ।
साथै, उनले पृथ्वीनारायण शाहको योगदानको प्रशंसा गर्दै भने, ‘बडामहाराजधिराजबाट २२ वर्षको युवा अवस्थामा नै सुरु गरिएको एकीकरण सफलतापछि आधुनिक नेपाललाई चार वर्ग र ३६ जातको साझा फुलबारीको रूपमा चित्रण गरिएको थियो । यो मुलुक राजाको मात्र होइन, जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश दिइएको थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया