काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पार्टीको अध्यक्ष बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता सम्बन्धी कुरा नमिलेपछि घिसिङले पार्टीको नेतृत्व आफैँ लिने निर्णय गरेका हुन् ।
यसबारे औपचारिक जानकारी दिन उज्यालो नेपाल पार्टीले आज साँझ ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
सम्मेलनमार्फत पार्टीको भावी नेतृत्व, राजनीतिक दिशा र पछिल्लो घटनाक्रमबारे स्पष्ट पारिने बताइएको छ ।
उज्यालो नेपालको तर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने जनाउँदै रास्वपाले यसअघि नै एकता प्रक्रिया टुटेको घोषणा गरेको थियो । दुवै दलबिच लामो समयदेखि छलफल भइरहे पनि सहमति नजुट्दा अन्ततः एकता सम्भव नभएको रास्वपाले जनाएको छ ।
कुलमान घिसिङले नेतृत्व सम्हाल्ने तयारीसँगै उज्यालो नेपाल पार्टीले आगामी दिनमा स्वतन्त्र राजनीतिक यात्रालाई तीव्र बनाउने संकेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया