गोरखा–१ बाट आगामी चुनाव लड्ने सुदन गुरुङको घोषणा

लोकपथ
413
Shares
फाइल तस्बिर

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै गुरुङले फागुन २१ को निर्वाचनमा गोरखा १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।
आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् ।

हामी नेपाल नामक एनजीओमार्फत् सामाजिक काम गरिरहेका गुरुङ जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका थिए ।

त्यसो त गुरुङकै समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एक बनाएको समेत उनको दाबी रहेको छ । गुरुङ रास्वपाबाटै आगामी निर्वाचन लड्ने चर्चा समेत रहँदा, अहिलेसम्म रास्वपामा उनको भूमिका के हुन्छ भन्ने भने बाहिरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?