काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
आगामी पुस २७ र २८ गते काठमाडौंमा गर्ने गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् ।
महाधिवेशनका लागि देशभरबाट आउने प्रतिनिधिहरुलाई बसोबासका लागि काठमाडौंका विभिन्न स्थानमा होटलको व्यवस्थापन गरिएको छ ।
आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाका अनुसार महाधिवेशनका लागि होटलका १५ सयवटा कोठा बूक गरिएको हो ।
सुन्धरा, ठमेल, सिनामंगल, एयरपोर्ट लगायतका क्षेत्रका होटल २६ गते रातिदेखि कायम रहने गरी बूक गरिएको हो ।
त्यसो त काठमाडौंमा कोठा, घर र आफन्त हुनेहरुलाई आफ्नो व्यवस्थापन गर्न समेत भनिएको छ ।
भृकुटीमण्डमा गर्न लागिएको विशेष महाधिवेशनका तयारी तीव्र पारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया