काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समय फरक हुन सक्ने भए पनि सत्य सधैँ सत्य नै रहने बताएका छन् ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सत्य कुनै पनि परिस्थिति, काल र स्थानमा अपरिवर्तित रहने उल्लेख गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘समय फरक हुन सक्छ, तर सत्य जुनसुकै परिस्थिति, काल र स्थानमा सधैँ सत्य नै हुन्छ । सत्यम् शिवम् सुन्दरम् ।’
मेयर शाहको यो अभिव्यक्तिलाई विभिन्न अर्थ र सन्दर्भमा व्याख्या गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको भनाइलाई समर्थन गर्दै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया