वन नियमावली र ऐनविपरीत रुख काट्दै डीआईजी कुँवर, वन कार्यालय हेरेको हेर्‍यै

लोकपथ
3.7k
Shares

कपिलवस्तु । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय कपिलवस्तु चन्द्रौटा परिसरभित्र रहेका रुखहरू अवैध रूपमा काट्ने गरिएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय कपिलवस्तु चन्द्रौटाका सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र कुँवरको नेतृत्वमा सशस्त्रले डिभिजन वन कार्यालयसँग कटान आदेश नलिई गैरकानुनी रूपमा रुखहरू काटेर डम्पिङ गरेको छ । 

सशस्त्र प्रहरी नायव महानिरीक्षक कुँवरले वन नियमावली र वन ऐनलाई बेवास्ता गर्दै रुखहरू काट्ने गरेको पाइएको छ । 

सशस्त्रले गोप्य रूपमा रुखहरू काटेर तोरी छरेको पनि पाइएको छ । 

सशस्त्र मुख्यालयको क्षेत्रफल ५० बिघामा फैलिएको छ ।

यता डिभिजन वन कार्यालय गौतम बुद्ध डिभिजनल प्रमुख महेन्द्रराज वाग्लेले रुखहरू काटिएको बारेमा अनभिज्ञता व्यक्त गरेका छन् । 

‘सशस्त्रको मुख्यालयले रुखहरू काट्दा समन्वय गर्नु पर्ने हो, तर केही पनि समन्वय गरेको छैन,’ डिभिजन प्रमुख वाग्लेले भने, ‘अवादी तथा वन क्षेत्रको कुनै पनि रुख काट्न काट्न आदेश लिनुपर्ने हुन्छ तर सशस्त्रले रुख काटेको थाहै भएन ।’

वन ऐन २०७६ अनुसार निजी वा सार्वजनिक क्षेत्रमा रहेको रुख काट्नका लागि वडा कार्यालय र वन कार्यालयसँग कुनै पत्र नलिएको पाइएको छ । 

यसरी अवैध रूपमा काटिएका काठ जफत र काट्ने व्यक्तिलाई एक वर्ष कैद हुने व्यवस्था रहेको छ । 

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय कपिलवस्तु चन्द्रौटाका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुँवरले १५/२० वटा रुख ढलेकाले आफूहरूले काटेर राखिदिएको बताए । रुख ढलापडा भएकाले सफाइ गरिराखेको उनले बताए । 

वनसँग किन कटान आदेश नलिएको भन्ने प्रश्नमा उनले रुखहरू ढलेकाले काटेर त्यही राखेको जवाफ दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?