रास्वपाको बृहत्तर एकता घोषणा आज

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  ले आज बृहत्तर एकता घोषणा सभा आयोजना गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) , उज्यालो नेपाल पार्टी तथा अन्य विभिन्न समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि रास्वपाले एकताको औपचारिक घोषणा गर्न लागेको हो ।

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रियसभा गृहमा एकता घोषणा सभा हुनेछ ।

उक्त सभामार्फत हालसम्म अघि बढाइएको एकता प्रक्रियालाई औपचारिक रूपमा पूर्णता दिइने पार्टीले जनाएको छ ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन्द्र शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । आजको सभाबाट सो सहमतिको औपचारिक घोषणा गरिनुका साथै एकतापछिको संगठनात्मक संरचना र आगामी राजनीतिक कार्यदिशाबारे पनि स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

पार्टीका अनुसार बृहत्तर एकतामार्फत वैकल्पिक राजनीतिक धारलाई थप सुदृढ बनाउने र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने उद्देश्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?