काठमाडौं । दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोट जिल्लाबाट नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ ।
नुवाकोट क्षेत्र नं १ बाट बद्री मैनाली र क्षेत्र नं २ बाट केशवराज पाण्डेको नाम एकल रुपमा सर्वसम्मतले सिफारिस भएको हो ।
क्षेत्रीय समितिबाट दुवै नेताहरुको नाम सर्वसम्मत सिफारिस भएको हो ।
क्षेत्र नं १ बाट नाम सिफारिस भएका मैनाली नेकपा एमाले नुवाकोटका अध्यक्ष हुन् भने २ बाट नाम सिफारिस भएका पाण्डे नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया