रुपन्देही–२ मा विष्णु पौडेल एकल उम्मेदवार सिफारिस

लोकपथ
126
Shares

रुपन्देही । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि पार्टीले एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

भरखर सम्पन्न क्षेत्रीय कमिटीको बैठकले पूर्व उपप्रधानमन्त्री, पूर्व अर्थमन्त्री तथा पार्टी केन्द्रीय उपाध्यक्ष पौडेलको नाम एकल उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

पौडेल यस क्षेत्रमा २०५६ सालदेखि निरन्तर उम्मेदवार भएका हुन् भने २०६४ सालदेखि लगातार जित हासिल गर्दै आएका छन् ।

विभिन्न समयमा मन्त्री, अर्थमन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कारण उनी यस क्षेत्रमा विकासका योजनालाई अगाडि बढाउन एकल उम्मेदवारको रूपमा पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?