इलाम-२ बाट एमालेले गर्‍यो सुहाङलाई उम्मेदवार सिफारिस

लोकपथ
560
Shares
फाइल तस्बिर

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम  क्षेत्र नम्बर–२ बाट सुहाङ नेम्वाङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

शनिबार बसेको नेकपा एमाले इलाम जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सुहाङ नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । उनले २०८० वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

उनका पिता तथा संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनपछि रिक्त बनेको उक्त क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको थियो ।

उपनिर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पराजित गर्दै २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका थिए ।

युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा चिनिँदै आएका नेम्वाङलाई पार्टीले पुनः उम्मेदवारका रूपमा अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?