काठमाडौं । विभिन्न मागसहित ११ दिनदेखि अनसनरत अभियन्ता डा. निकालेस भुसाल र हरिष विष्टले अनसन तोडेका छन् ।
आज प्रधानमन्त्रीको हातबाट जुस खाएर भुसाल र विष्टले अनसन तोडेका ह्ुन् ।
त्यस्तै सरकार र अनसनरत पक्षबिच ६ बुँदे सहमति समेत भएको छ ।
सहमतिपत्रमा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीमा मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका हु्न् । उनीहरुले वर्तमान सरकार जेनजीको भावना अनुसार बनेको तर जेनजीको भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका थिए । साथै भ्रष्टाचारको अन्त्य र सुशासन सरकारको मुख्य नारा भए पनि भ्रष्टाचारीहरुलाई कारबाही गर्न नसकेको भन्दै काठमाडैंको माइतीघरमा अनसन सुरु गरिएको थियो ।
अनसनमा बसेका दुवैको स्वास्थ्य अवस्था जटिल बनेपछि वीर अस्पतालमा उपचार समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया