ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयर, सबै यात्रु सुरक्षित

लोकपथ
0
Shares

काठमाडौं । बुद्द एयरको जहाज अवतरणका क्रममा रनवेमा दुर्घटनाग्रस्त बनेको छ ।

शुक्रबार काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज अवतरणका क्रममा रनवेबाट केही बाहिरिएको हो ।

९०१ उडान संख्या भएको 9N-AMF कलसाइनको जहाजमा ५१ जना यात्रु रहेका थिए । रनवेबाट केही बाहिरिए पनि चालक दलका सदस्यसहित सबै यात्रुहरु सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाइएको बुद्ध एयरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?