काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुसको अन्तिम सातासम्म पार्टीको विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
त्यसो त आजकै बैठकले आगामी ०८३ वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने गरी प्रस्ताव पारित गरेको थियो । तर महामन्त्री थापाले भने आफूहरु केही नेताहरुबाहेक अन्य कार्यसम्पादन समितिका सदस्यहरुले बहुमतका आधारमा उक्त प्रस्ताव पारित गरिएको बताए ।
उनले बहुमतका आधारमा केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा नयाँ मिति तय भए पनि विधानका धारा १७(२) अनुसार विशेष महाधिवेशन हुने बताए ।
‘विधानको १७(२) बमोजिम हामी काम गर्छाै, टुलुटुलु हेरेर बस्दैनौँ । पुसको अन्तिम साता कांग्रेसको विशेष महाधिवेशन हुन्छ, देशभरका साथीहरु आउनुहुन्छ ।’
त्यस्तै विशेष महाधिवेशनका लागि आफ्नै कार्यविधि बनाउने अधिकार रहेको बताउँदै सोही अनुसार अघि बढ्ने बताए ।
‘विशेष महाधिवेशनले आफ्नो कार्यविधि आफैँले बनाउन पाउँछ भन्ने विधानमा व्यवस्था रहेका कारण सोही अनुसार हुन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया