देउवा नेतृत्वको कार्यसमितिको म्याद ०८३ जेठ मसान्तसम्म थपियो

लोकपथ
434
Shares

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको म्याद आगामी ०८३ साल जेठ मसान्तसम्म थप गरिएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ अन्तिमसम्म सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले म्याद थप गरिएको जानकारी दिए ।

त्यसो त यसअघि उक्त कार्यसमितिको म्याद आगामी माघ अन्तिमसम्म थप गरिएको थियो ।

‘यसअघि वर्तमान केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको थियो,’ उनले भने, ‘जेठ मसान्त केन्द्रीय कार्यसमितिको म्याद थपिएको छ । तल्लो तहको कार्यसमितिको म्याद पनि विधानको व्यवस्था अनुसार थपिएको छ ।’

त्यस्तै आजको बैठकले कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८,२९, ३० र ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?