देउवासँग भेटेका २५ केन्द्रीय सदस्यको समूहले गगन–विश्वसँग भेटेर के भने ?

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवापछि महामन्त्रीद्वयलाई समेत भेटेका छन् ।

बिहान सभापति देउवासँग भेटेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत भेट गरेका हुन् ।

भेटका क्रममा विशेष महाधिवेशनका नाममा पार्टी विभाजनको गतिमा जान नहुनेमा स्पष्ट पारेका थिए । विशेष महाधिवेशनका नाममा पार्टी कतै थप कमजोर त बन्ने होइन भन्ने विषयमा आफूहरुले महामन्त्रीद्वयको ध्यानाकर्षण गराएको भेटघाटमा उपस्थित केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् ।

उनका अनुसार महामन्त्रीद्वयले विधानको व्यवस्था अनुसार नै आफूहरुले विशेष महाधिवेशन गर्न लागेको बताउँदै पार्टीलाई हुनसक्ने क्षतिबारे आफूहरु सचेत रहेको बताइएको संग्रौलाको भनाइ रहेको छ ।

त्यसो त महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे कांग्रेसले पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?