देशको पहिचान जोगाउन अन्तर्राष्ट्रिय स्तरमै साझा प्रयास आवश्यक : सञ्चारमन्त्री खरेल

लोकपथ
42
Shares

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय झण्डा सबै नेपालीलाई जोड्ने राष्ट्रिय एकताको प्रमुख प्रतीक भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय झण्डाप्रति सबै नेपालीको सम्मान र गरिमा रहेको उल्लेख गरे । उनले देशको पहिचान जोगाउन देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै साझा प्रयास आवश्यक रहेको बताए ।

मन्त्री खरेलले भने, ‘हामीले आफ्नो देशको पहिचान जोगाऔँ देशभित्र पनि जोगाऔँ, विश्वमा पनि जोगाऔँ । त्यसका लागि यहाँहरूसँग हातेमालो गर्न नेपाल सरकार तयार छ । राष्ट्रिय झण्डा भन्नेबित्तिकै यसप्रतिको श्रद्धा अत्यन्त गहिरो छ । आजको अवस्थामा सबै नेपालीलाई जोड्नसक्ने राष्ट्रिय एकताको प्रतीक भनेकै राष्ट्रिय झण्डा हो ।

उनले पोशाक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पहलमा आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्री खरेलले राष्ट्रिय पहिचान, संस्कृति र प्रतीकहरूको संरक्षणमार्फत राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?