काठमाडौं । काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको आठ लाख ५८ हजार चोरी गरेका काठमाडौं महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले यही पुस १२ गते ठूलो रकम चोरी गरेर फरार रहेका उनलाई दाङ प्रहरीको सहयोगमा नगदसहित पक्राउ गरिएको जानकारी दिए ।
यही पुस १२ गते राति चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङसमेतको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी उनलाई काठमाडौं ल्याइएको छ । उनको साथबाट प्रहरीले ६५ लाख १७ हजारसहित चाँदीको ब्रास्लेट थान १५, चाँदीकोे सिक्का थान २८ र चाँदीजस्तो देखिने सेतो धातु थान एक र ल्यापटप बरामद गरिएको उपत्यका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया