ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा जाँचबुझ आयोग

लोकपथ
119
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राखेको र आफूले जानकारी गराएको बताए । उनले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि बताए । उनले कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसको पनि बताए ।

ओलीलाई बयानका लागि कहिले बोलाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो । एक महिना समय थप भएको छ । त्यस समयभित्रै बुझाउँछौँ । रमेश लेखकको बयान सकिसक्यो । ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ ।’

अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि आएन भने त्यहीबेलामा थप निर्णय हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?