सशस्त्र प्रहरीको गोलीकाण्ड : पीडित र प्रशासनबिच पाँचबुँदे सहमति, अवस्था सामान्य बनाउन पहल हुँदै

लोकपथ
861
Shares

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ ।

बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि सो ठाउँ तनावग्रस्त बनेको थियो । 

उनको मृत्युपछि स्थानीय र पीडित पक्ष आन्दोलित हुँदा प्रहरीसँग पटक पटक झडप हुनुका साथै राजमार्गसमेत अवरुद्ध बन्न पुगेको थियो । आक्रोशितहरूले. सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा पनि आक्रमण गरेका थिए । 

त्यसपछि दिउँसो जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो । सहमतिपछि अवस्थालाई सामान्य बनाउने प्रयास भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?