काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १४ सय
रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ४४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँमा घटेर ४४ सय १५ रुपैयाँमा कारोबार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया