लगानीका लागि अहिले उचित समय हो : अर्थमन्त्री खनाल

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान समय लगानीका लागि अनुकूल रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले निजी क्षेत्रको महत्त्व र यसको संरक्षण आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो । निजी क्षेत्रले जेनजी आन्दोलनका कारण ठुलो क्षति व्यहोर्नुपर्‍यो । तर, निजी क्षेत्रले फेरि उठ्छ । अहिले अर्थतन्त्र सकारात्मक छ, मूल्यवृद्धि न्यून छ, चालु खाता वचतमा छ, र यही कारणले लगानीका लागि यो उपयुक्त समय हो ।’

अर्थमन्त्री खनालले निजी क्षेत्रको सम्पत्ति क्षति हुनुले राष्ट्रको क्षति हुने उल्लेख गर्दै, ‘अब मुलुकभित्र लगानी हुन्छ, त्यसमा क्षति हुन्छ भने त्यो राष्ट्रको क्षति हो। यसबारे सबैलाई बुझाउन जरुरी छ, ‘उनले भने ।

उनले भने, ‘निजी क्षेत्रले गर्ने नाफा सबै क्षेत्रमा वितरण हुने गरेको छ, तर प्रत्येक नागरिक विद्रोह वा अस्थिरताका समयमा निजी क्षेत्र निशानामा पर्ने गरेको छ ।’ त्यसैले संवाद र समन्वयमार्फत निजी लगानीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?