रास्वपालाई शुभकामना दिँदै सुमनाले भनिन्– ‘प्रश्न बन्देज लगाएको दिन पार्टीभित्र लोकतन्त्र मर्छ’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अवसरका लागि नगएको र अवसर नै नपाएर नछाडेको बताएकी छन् ।

केही समयअघि रास्वपा छाडेकी सुमनाले अन्य राजनीतिक दलसमेत मिलेर नयाँ ढंगले अघि बढेको रास्वपालाई शुभकामना दिँदै सो कुरा बताएकी हुन् ।

साथै उनले रास्वपाभित्र नेतृत्वमाथि प्रश्न बन्देज रहेको भन्दै पार्टीभित्र प्रश्न बन्देज भएका दिन दलभित्रको लोकतन्त्र बाँकी नरहने भन्दै व्यंग्य समेत गरेकी छन् ।

‘राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साईबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकि रहँदैन,’ उनले भनेकी छन् ।

त्यस्तै अहिले रास्वपामा गलत कदमविरुद्ध प्रश्न उठाइन थालिएको भन्दै त्यसले पार्टीलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास रहेको समेत बताएकी छन् ।

‘अहिले उठाउनु भएको प्रश्नहरु अहिलेको नेतृत्ववले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन भन्ने विश्वास गरौँ। सहि प्रश्नलेमात्र दललाई सहि दिशा दिन सक्छ भन्ने ज्ञात रहोस्,’ उनले भनेकी छन् ।

त्यसो त जेनजी आन्दोलनपछि रास्वपा छाडेकी सुमना रास्वपामा मिल्न आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लगायत र रास्वपामै मिसिन आएको उज्यालो पार्टी नेपालसँग सहकार्यमा रहेकी थिइन् । बालेन र उज्यालो नेपाल पार्टी रास्वपामा नै मिल्न आएपछि सुमना पनि रास्वपामा नै आउने चर्चा चलिरहेको छ । यसै चर्चाकाबिच सुमनाले आफू नयाँ राजनीतिक सम्भावनाहरुको खोजीका लागि लागिरहेको समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?