पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

लोकपथ
1.5k
Shares
फाइल तस्बिर

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्व सामान्यप्रशासन मन्त्री एवं एमाले नेता गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो ।

मन्त्री रहेका बेला गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमी आयोगमा सदस्य बनाइदिने भन्दै व्यवसायीबाट लाखौँ रुपैयाँ घुस लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो । सो क्रममा उनले ५३ लाख घुस लिएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । त्यसो त मन्त्री गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी पूर्व सहकारीमन्त्री रञ्जिता श्रेष्ठ आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै घुस लिएको आरोप रहेको थियो ।
गत असोज २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
गुप्तालाई थुनामा पठाउन आवश्यक कागजी प्रक्रिया मिलाउने काम भइरहेको विशेष अदालत प्रशासनले जनाएको छ ।

विशेष अदालतले गुप्तालाई ७८ लाख बिगो कायम गरी मुद्दा भ्रष्टाचार निवारण ऐन २०५९ विरुद्धको कसुरमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?