मेलमिलाप दिवसमा गगनको सन्देश– ‘विशेष महाधिवेशनका लागि एक भएर अघि बढौँ’

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पौष मसान्तभित्र विशेष महाधिवेशन हुने भन्दै एकतावद्ध हुन आग्रह गरेका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री थापाले विशेष महाधिवेशनका लागि एकताबद्ध हुन आग्रह गरेका हुन् ।

‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको बिन्दु खोजिरहेको छ । यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन– भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ । त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ,’ महामन्त्री थापाले भनेका छन्, थापाले भनेका छन्, ‘राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो । अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’

आज नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदैछ । आजभन्दा ४९ वर्षअघि अर्थात् २०३३ साल पुस १६ गते भारतबाट वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु राजासँग पुनः एकता गर्ने भन्दै मेलमिलापको सन्देश लिएर नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?