कञ्चनपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो ।
निर्वाचन क्षेत्र नं १ बाट पूर्व मन्त्री बिना मगरसहित सात जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रमा अन्य सिफारिस हुने उम्मेदवारमा जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्साल रहेका छन् ।
निर्वाचन क्षेत्र नं २ मा आकाङ्क्षीहरूको संख्या उल्लेख्य देखिएको छ । पार्टीले यस क्षेत्रबाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी र माधवप्रसाद पन्तको नाम सिफारिस गरेको छ । त्यस्तै लालबहादुर खड्का, हरिस ठकुल्ला (कमल क्षेत्री) र तोयराज जोशीको नाम पनि उम्मेदवारको सूचीमा समावेश गरिएको छ ।
निर्वाचन क्षेत्र नं ३ बाट पाँच जना नेता चुनावी मैदानका लागि सिफारिस भएका छन् । यसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन् । यस क्षेत्रमा दलित र जनजाति समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिइएको छ ।
नेकपाका नेता जीवनराज थापाका अनुसार जिल्ला तहबाट सिफारिस भएका यी नाममध्ये अन्तिम उम्मेदवारको निर्णय पार्टीको केन्द्रीय कार्यदलले गर्नेछ । बैठकमा आकाङ्क्षीका रूपमा रहेका सबैको नाम संकलन गरी पठाइएको र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया