काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ११ सय रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले घटेको हो । अघिल्लो दिन ४५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय २० रुपैयाँले घटेर ४४ सय ७० रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया