एमाले नेता बाँस्कोटाको टिप्पणी : समानुपातिकमा बसेका नेताहरू चुनावमा पनि डराउँछन्

लोकपथ
273
Shares

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले समानुपातिकतर्फ बस्न रुचाउने नेताहरूले कांग्रेस र एमालेबिच मिलेर चुनाव लड्दा पनि डर महसुस गरेको आरोप लगाएका छन् ।

बाँस्कोटाले फेसबुकमार्फत आफ्नो अभिव्यक्ति दिँदै  यस्तो आरोप लगाएका हुन् । 

उनले भनेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटकपटक बसेपछि यो प्रणालीको विरोध हुनु स्वाभाविक हो । अझ तिनैले रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटक–पटक समानुपातिकले।’

उनको अभिव्यक्तिले पार्टीभित्र समानुपातिक व्यवस्थालाई लिएर भइरहेको बहस र नेताहरूबिच मतभिन्नता पुनः उजागर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?