परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

लोकपथ
182
Shares

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश  प्रस्थान गरेका छन् ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन आज ढाका प्रस्थान गरेका हुन् । 

उनीसँग परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि छन् । मन्त्री शर्मा भोलि (पुस १७ गते) स्वदेश फर्किने कार्यक्रममा छन् ।

बेगम जियाले प्रधानमन्त्रीको रूपमा कार्यरत रहँदा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?