काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनसम्बन्धि मुद्दाको अविलम्व छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।
मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अप्ठयारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने तर्क गरेका हुन् ।
ओलीले समयमा न्याय नदिनु वा विलम्व गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गरे । उनले अदालतले संसद पुनस्र्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्याए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राखे ।
उनले भने, ‘हामी सम्मानित अदालत समक्ष पनि, सर्वोच्च अदालत समक्ष पनि आग्रह गर्न चाहन्छौँ–कतिपय कुरा यस्ता हुन्छन्, देश अप्ठयारोमा भएका बेला अदालतले सुविस्तासँग काम गर्ने बाटो लिन मिल्दैन । देश अप्ठयारोमा छ भने अदालतले तदारुपताकासाथ अप्ठयारोलाई सहजतमा लैजानका लागि गतिका साथ, तिब्रताका साथ निर्णय दिनुपर्दछ । फैसला दिनुपर्दछ । अदालतले फैसला गर्ने बित्तिकै अर्को कुनै बाटो नै छैन त । प्रतिनिधिसभा पुनःस्थापना बाहेक अर्को बाटो नै छैन । हामी आग्रह गर्छौ–अदालतले यसमा विलम्ब नगरि छिटो फैसला देओस् । यसमा समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्नेकुरा यहाँ लागू हुन्छ । यति जटिल परिस्थिति छ । यस परिस्थितिबाट देशलाई लोकतन्त्र पुनःस्थापना गरेर अगाडि बढाउने कुरामा विलम्व गरियो भने फैसलाको के अर्थ हुन्छ ? भोली गएर फैसला नै नगर्नुपर्ने ठाउँमा पुग्नसक्छ । लिनुपर्दछ ।’
अध्यक्ष ओलीले सर्वोच्च अदालतले सो सम्बन्धि फैसलामा ढिलाई गर्नुको कुनै अर्थ नरहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया