काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेप्रति कडा टिप्पणी गरेका छन् ।
उनले मंगलबार काठमाडौंमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हालै मिलेका रवि र बालेनप्रति विभिन्न आरोपसहित कटाक्ष गरेका हुन् ।
उनले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गरे । उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर नरहेको बताए । विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उनको भनाइ छ ।
उनले यो नेपालमा पटकपटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको बताए ।
उनले भने, ‘अहिले हामीले नेपालमा पटकपटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियानको पात्र नेपाली कांग्रेस र नेकपा एमालेका सदस्य साथीहरु बनिरहनु त भएको छैन कतै कतै लाग्छ । समाजमा खतरा दुष्टको धृष्टताबाट छैन, सज्जनको निषेधले हुन्छ । आज यो देश जलाउने लुसिफरहरुबाट हामीलाई खतरा छैन । आज ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर छैन । आज विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर छैन । यिनीहरु संसारभर नै क्षणिक हुन् ।’
नेता विश्वकर्माले भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया