काठमाडौं । समुन्नत पार्टी नेपालका अध्यक्ष सर्वेन्द्र खनालले नेपालको राजनीतिक संस्कार अहिले अराजनीतिक दिशातर्फ गएको भन्दै यसको शुद्धिकरण आवश्यक रहेको बताएका छन् ।
उनले नयाँले पुरानालाई र पुरानाले नयाँलाई गालीगलौज गर्ने राजनीति बन्द गरी नीति, सिद्धान्त र एजेन्डामा आधारित बहस गर्नुपर्नेमा जोड दिए ।
खनालका अनुसार समुन्नत पार्टीले देशलाई समुन्नत बनाउने विषयलाई केन्द्रमा राखेर घोषणापत्र, नीति र दीर्घकालीन रोडम्याप सहित अघि बढिरहेको छ । उनले विगतका नेतृत्वहरूले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने र नराम्रा कामको कानूनी तथा व्यवहारिक मूल्याङ्कन हुनुपर्ने बताए ।
अध्यक्ष खनालले भने, ‘अब पुरानाले नयाँलाई गाली गर्ने, नयाँले पुरानालाई गाली गर्ने भन्दा पनि आफू कसरी ठिक हुने भन्ने कुरा हाम्रो प्राथमिकता हो । राम्रो कामलाई निरन्तरता दिनु पर्छ र नराम्रा कामको सुधार गर्नुपर्छ। भ्रष्टाचारको समस्या व्यापक छ, त्यसलाई कसरी सुधार गर्ने र सुशासन स्थापना गर्ने भन्नेमा हाम्रो पार्टी केन्द्रित छ ।’
उनले आगामी निर्वाचनका लागि पार्टीले समानुपातिक बन्द सूची पेस गरेको र चुनावमा भाग लिन घोषणापत्र तयार भइसकेको जानकारी दिए । साथै, गैर आवासीय नेपाली नागरिकलाई कार्यकारी प्रमुख बाहेक अन्य पदमा सहभागी गराउने नीति बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया