जेनजी शहीद धिरजका बुबा नारायण श्रेष्ठ कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा

लोकपथ
490
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो समानुपातिक सूचीमा भदौ २३ र २४ को जेनजी आन्दोलनका शहीदको परिवारलाई समेत समेटेको छ ।

कांग्रेसले नारायण श्रेष्ठलाई समेत समानुपातिक सूचीमा अटाएको हो । नारायण जेनजी शहीद धीरज श्रेष्ठका बुबा हुन् । भदौ २४ गते बालाजु क्षेत्रमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर धीरजको मृत्यु भएको थियो ।

काठमाडौं निवासी श्रेष्ठ आदीवासी जनजाती क्लस्टरमा राखिएको छ ।

कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?