टुँडिखेलमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार [तस्बिरहरू]

लोकपथ
56
Shares

काठमाडौं । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी काठमाडौंको टुँडिखेलमा हजारौँ गुरुङ समुदायका व्यक्तिहरू परम्परागत भेषभूषामा सजिएर जम्मा भई सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरेका छन् ।

तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ । यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्ने प्रतिकका रूपमा मनाइन्छ । यस वर्ष गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी नयाँ वर्गको स्वागत गरेका छन् । यो पर्व सूर्यको किरणसँग पनि जोडिएको छ । गुरुङ बाहुल्य जिल्लाहरू लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने परम्परा रहेको विश्वास गरिन्छ । 

यसै गरी पुस १५ को रात सबैभन्दा लामो हुने र त्यसपछि दिनहरू लम्बिँदै जाने भएकाले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ । तमु ल्होसारको अवसरमा संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?