कांग्रेसले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझायो

लोकपथ
742
Shares

काठमाडौं । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ ।

सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिएपछि कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची दर्ता गराएको हो । 

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । कांग्रेसले यसपटक २०६४ सालदेखि समानुपातिक प्रणालीबाट सांसद बनेकाहरूलाई बन्द सूचीमा समावेश गरेको छैन ।

प्रदेशगत रूपमा कोसी प्रदेशबाट १८, मधेस प्रदेशबाट २१, बागमती प्रदेशबाट २२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट १० जना उम्मेदवार बन्द सूचीमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?