पर्वले विविधताबिचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : प्रधानमन्त्री कार्की

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार र दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सबै नेपालीको जीवनमा सुख र समृद्धिको कामना गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना दिँदै भनेकी छन्, ‘यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समृद्धि होस् ।’

उनको शुभकामना सन्देशले पर्वको अवसरमा राष्ट्रिय एकता र समुदायबिच आपसी सद्भाव बढाउने आशा व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?