शीतलहरले सडक चिप्लो भएपछि दाउन्नेमा यातायात अवरुद्ध

लोकपथ
63
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गको दाउन्नेमा शीतलहरका कारण सडक १४ घण्टादेखि अवरुद्ध भएको छ ।

दाउन्ने पहाडको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर चल्न नसक्दा यातायात पूर्णरूपमा ठप्प भएको हो ।

लामो जामले प्रभावित यात्रुहरूले ठुलो असुविधा भोग्नु परेको प्रहरीले जनाएको छ । 

सडक सञ्चालनका लागि सम्बन्धित निकायले उद्धार र यातायात व्यवस्थापनका लागि पहल गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?