काठमाडौं । वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जाने तयारीमा देखिएका छन् ।
‘हण्ड्रेड ग्रुप’ का संस्थापक एवं अभियानकर्मीबाट मन्त्री बन्ने अवसर पाएका गुप्ता रास्वपा र उज्यालो नेपाल पार्टीबिचको एकतामा देखिएका छन् ।

आज रास्वपा नेता अशिम शाहको घरमा भएको रास्वपा र उज्यालो नेपाल पार्टीबिच एक भएर अघि बढ्ने सहमति भएको छ । उक्त सहमति हुँदा मन्त्री गुप्ता समेत सोही सहमतिको कार्यक्रममा उपस्थित भएपछि उनी पनि रास्वपामा जाने संकेत रहेको विश्लेषण भइरहेको छ ।
मन्त्री गुप्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग तस्बिर खिचाउँदै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै पोष्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया