सुदनको दाबी– ‘रवि–बालेन र कुलमानलाई मिलाइ छाड्यौँ’

लोकपथ
266
Shares

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले उर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानलाई पनि आफूले मिलाएको दाबी गरेका छन् ।

सोमबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहमतिपछि सुदनले सो दाबी गरेका हुन् ।

समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा कुलानसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबिच निर्णायक वार्ता भएको थियो ।

त्रिपक्षीय वार्ताका लागि मध्यमार्गी बनेका सुदनले अब रवि–बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने समेत दाबी गरेका छन् । यद्यपि सहमति पत्र भने बाहिरिएको छैन ।

‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि । मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्,’ उनले भनेका छन् ।

त्यसो त केही दिनअघि रवि र बालेनलाई समेत मिलाउन आफूले भूमिका खेलेको उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?