हर्कको दाबी– ‘बालेनले जहाँबाट उम्मेदवारी दिए पनि हराउँछौँ’

लोकपथ
266
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ लाई निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले सामाजिक सञ्जालमा लेख्दै सो दाबी गरेका हुन् ।

गत निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट स्वतन्त्रबाट मेयर बने पनि हाल बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर अघि बढेका छन् ।

बालेन रास्वपासँग मिलेर अघि बढ्ने भएसँगै रुष्ट बनेका हर्कले बालेन जहाँबाट उठे पनि आफूहरुले हराउने दाबी गरे ।

‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ,’ उनले भनेका छन् ।

त्यसो त रास्वपा सभापति रवि लामिछाने र बालेनप्रति हर्कले सामाजिक सञ्जालमा निरन्तर विभिन्न आरोपसहित कटाक्ष गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?