प्रधानमन्त्रीसँग भेटेर राष्ट्रिय सभा अध्यक्षले भने– ‘सुविधा कटौती नगरिदिनुस्’

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नो सेवासुविधा नकाटिदिन आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरी सो आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए । त्यस अवसरमा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रियसभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न आग्रह गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?