जसपा, राष्ट्रिय मुक्ति र नाउपा एकै चुनाव चिह्नबाट उम्मेदवारी दिने

लोकपथ
329
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनमा तराई केन्द्रित तीन दल एकै चुनाव चिह्नबाट उम्मेदवारी दिने भएका छन् ।

अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबिच एकै चुनाव चिह्नबाट उम्मेदवारी दिने भएका हुन् ।

सोमबार (आज) निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाउँदै एकै चुनाव चिह्नबाट उम्मेदवारी दिने बताइएको हो ।

जसअनुसार नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ‘जाँतो’ बाट चुनाव लड्ने भएका हुन् ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन राजनीतिक दलका नेताहरु सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?