काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) टुक्रिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसँग टुक्रिएर राईले केही समयअघि मात्रै जसपा गठन गरेका थिए । तर सहअध्यक्ष रेणु यादवसहित बहुसंख्यक केन्द्रीय सदस्यहरु जसपा नेपालमा फर्किएका हुन् ।
आज उपेन्द्र र रेणुबिच एकतामा हस्ताक्षर भएको हो । त्यसो त आइतबार मात्रै उपेन्द्र नेतृत्वको जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकता गरेर अघि बढ्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया