चाँदीको मूल्य हालसम्मकै उच्च, सुन के भयो ?

लोकपथ
560
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट आएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार सुनको प्रतितोला मूल्य २ लाख ७० हजार ६ सय रहेको थियो । आज मूल्य गिरावट आइ २ लाख ७० हजार कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसो त आइतबार सुनको मूल्य इतिहासकै उच्च मूल्य थियो ।

यता चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य ४ हजार ८ सय ३५ रहेकोमा आज मूल्य वृद्धि भइ ४ हजार ८ सय ८५ कायम भइ कारोबार भइरहेको हो । चाँदीको मूल्य हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?